प्रचण्ड आज स्वदेश फर्कंदै

प्रचण्ड आज स्वदेश फर्कंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । प्रचण्ड साँझ काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ ।

पत्नी सीताको उपचारका लागि भारत गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्किने भएका हुन् । दाहाल पत्नी सीतालाई मुम्बइस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सिटिच्युटमा भर्ना गरिएको छ ।

पाँच दिन मुम्बइमा पत्नी सँगै रहेका प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन् । पत्नीको उपचार प्रक्रिया अघि बढेकाले छोरीहरूलाई छोडेर दाहाल शनिबार स्वदेश फर्कन लागेका हुन् ।

 

Logo