इन्धनमा कर नथप्न आग्रह

इन्धनमा कर नथप्न आग्रह

केन्द्रबिन्दु
0
Shares

सदनमा कोरोना भाइरस (कोभिड–१९), भ्रष्टाचार र समसमायिक विषयमा सांसदहरूले संसद् र सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आइतबार भएको अमानवीय व्यवहारको भर्सना गरे ।

सांसद पौडेलले कोरोना भाइरस करिब ६४ देशमा पुगिसकेको सञ्चारमाध्यममा आएकाले नेपालमा त्यसको रोकथामका निम्ति अझ उच्च सतर्कता अपनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका दिलेन्द्रप्रसाद बडूले विभिन्न देशमा फैलिएको कोरोना भाइरसका सम्बन्धमा सरकारले उच्च सतर्कता अपनाउन नसकेको बताए । उनले विश्व स्वास्थ्य सङ्गठनले नेपाललगायत विभिन्न मुलुकलाई कोरोना भाइरसको उच्च जोखिममा रहेको बताए पनि सरकारले त्यसअनुरूपको तयारी गर्न नसकेको बताए । सरकारले संसद्लाई छलेर चोर बाटोबाट जनतामा कर थोपर्ने काम गरेको भन्दै उनले आपत्ति जनाए ।

सांसद महेन्द्र राय यादवले सरकारले जनतालाई मारमा पार्ने गरी इन्धनमा कर थप्ने निर्णय गरेकोप्रति आपत्ति जनाए । उनले प्रदेश नं ३ को नामकरण गर्दा पहिचानलाई आत्मसात् गर्न नसकिएको भन्दै गुनासो गरे। सांसद प्रदीप यादवले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको विषय उल्लेख गरिए पनि व्यवहारमा नदेखिएको भन्दै चिन्ता व्यक्त  गरेका छन्।

सांसद शान्ता चौधरीले प्रधानमन्त्रीले आफ्नो मिर्गौला प्रत्यारोपण स्वदेशमै गर्न लागेकामा खुशी व्यक्त गर्दै उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गरिन्। नेकपाका सचेतकसमेत रहेका सांसद चौधरीले नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार भएको अभद्र व्यवहारप्रति आपत्ति जनाइन् । काँग्रेसका सांसद प्रकाश रसाइलीले सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै कोरोना भाइरसभन्दा पनि भ्रष्टाचारको भाइरसबाट मुलुकमा त्रास पैदा भएको बताए ।

Skip This
Skip This
Logo