रतन तिरुवाले किन गरे प्रचण्डमाथि जुत्ता प्रहार ?

रतन तिरुवाले किन गरे प्रचण्डमाथि जुत्ता प्रहार ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार जुत्ता प्रहार भएको छ । राष्ट्रियसभा गृहमा भइरहेको एक कार्यक्रम सम्बोधन गर्न पुगेका दाहालमाथि कार्यक्रमस्थलमै दर्शकदीर्घाबाट जुत्ता प्रहार भएको हो ।

नेकपाका नेता स्व. भरतमोहन अधिकारीको प्रथम स्मृति सभाको कार्यक्रममा सम्बोधन गर्न गएका प्रचण्डमाथि जुत्ता प्रहार भए पनि उनलाई लाग्न भने पाएन । राष्ट्रियसभा गृहमा भइरहेको उक्त कार्यक्रमको कं. प्रचण्ड भन्ने उनको अफिसियल पेजबाट प्रत्यक्ष प्रशारण भइरहेको थियो । सो पेजमा आएको भिडियोमा जुत्ता प्रहार भएको आवाज प्रष्टै सुन्न सकिन्छ । भिडियोमा जुत्ता प्रहार भएपछि सुरक्षाकर्मीहरु दौडिएका छन् ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनी पूर्वमाओवादी कार्यकर्ता रतन तिरुवा रहेको बुझिएको छ । जुम्लाको सिंजा गाउँपालिकाका पूर्व माओवादी कार्यकर्ता उनलाई पक्राउ गरि महानगरिय प्रहरीवृत्त सिंहदरबार लगिएको प्रहरीले जनाएको छ । उनले प्रचण्डलाई किन जुत्ता प्रहार गरे भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo