सुकुटे ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अध्ययन गरी आवश्यक संशोधनपछि पास गरिने बताएका छन् ।
प्रथम सुकुटे महोत्सवको उद्घाटन गर्न आएका दाहालले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्ययन नै नगरी त्यसको बिरोध वा समर्थन गर्नुको कुनै तुक नरहेको बताए । उनले मुलुकको हित विपरीत हुने बुंदालाई संशोधन गरी पास गर्न सकिन्छ भन्ने पार्टीको लाइन रहेको बताएका थिए ।
‘५५ अर्बको लागि आफ्नो राष्ट्रिय हित विपरीत सम्झौता हुँदैन, संशोधन नगर्दा अघि बढ्न कठिन छ,’ प्रचण्डले भने । दाहालले पार्टी एकता सुदृढ हुँदै गएको पनि बताए । नेता वामदेव गौतमको विषयलाई लिएर सुरु विवादबारे पनि प्रचण्डले विरोध गर्नु गलत रहेको संकेत गरेका थिए ।
एकाध नेताले निहुँ खोज्दैमा पार नलाग्ने र राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने उपाध्यक्ष वामदेव गौतमको व्यक्तिगत चाहना भएको उनको भनाइ थियो । संविधान संशोधनको शर्त फिर्ता लिएपछि मात्र वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय भएको उनको दाबी थियो ।
‘नारायणकाजी श्रेष्ठ, वामदेव गौतम जस्ता मान्छे संसदमा पठाउँदा राष्ट्रियसभाको इज्जत बढ्छ । चुनाव हार्दैमा उहाँलाई अयोग्य भन्न मिल्दैन,’ दाहालले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयको बचाउ गर्दै भने ।
अन्नपूर्णबाट





























प्रतिक्रिया