कोरोना संक्रमणकाे जोखिमसँग जुध्न तयारी गरौं: विश्वप्रकाश शर्मा

कोरोना संक्रमणकाे जोखिमसँग जुध्न तयारी गरौं: विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाभाइरस संक्रमणको जोखिमसँग जुध्न तयारी गर्नुपर्ने बताएका छन् ।

नेपाल कोरोनाभाइरसमुक्त मुलुक भनेर भाषण गर्नुभन्दा जोखिमसँग जुध्न गम्भीर विमर्श र तयारी गर्नुपर्ने का‌ंग्रेसका प्रवक्ता  शर्माले बताएका हुन् ।

शनिबार ट्वीट गर्दै शर्माले विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपाल जोखिमयुक्त मुलुकमा राखेको भन्दै बेलैमा तयारी सुरू गर्नुपर्ने बताए ।

प्रवक्ता शर्माले कोरोनाभाइरस भित्रेपछि भन्दा पनि अहिलदेखि नै सबै तयारी गर्नुपर्ने बताएका हुन्-‘कोरोना भित्रिएपछि ब्युझिने?,’ ट्वीट गर्दै शर्माले सरकारसँग प्रश्न गरेका छन्, ‘कि एकले सय र सयले हजारलाई संक्रमित बनाएपछि ब्युझिने?’

उनले डब्लुएचओले नेपाल पनि कोरोनाभाइरसको जोखिमयुक्त मुलुकमा रहेको चेतावनी बेलैसमा सुन्नुपर्ने बताएका छन्। ‘डब्लुएचओको चेतावनी सुनौं। बन्द गरौं, कोरोनामुक्त हाम्रा भाषण, सीमा नाका कसिलो बनाऔं। जोखिमसँग जुध्न गम्भीर राष्ट्रिय विमर्श र सम्पूर्ण तयारी गरौं।’

 

Skip This
Skip This
Logo