नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले केक काटेर जन्मदिन मनाउने नेपाली संस्कृति नभएको बताएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सा राखेर केक काटेको प्रशंगमा शाक्यले जन्मदिन मनाउने परम्परा नेपाली समाजमा भएपनि केक काटेर मनाउने कुरा अहिले सम्म आफूलाई थाहा नभएको बताइन् । नेकपाको बाग्मती प्रदेश स्तरिय प्रशिक्षण भेलामा उनले जन्मदिनमा केक काट्नुको सट्टा बत्ति बालेर उज्यालो भविष्यको कामना गर्नु नेपाली संस्कृति भएको बताइन् । ‘केक काटेर जन्मदिन मनाउने चलन हाम्रो संस्कृति होइन् । होइन कामरेड यो । त्यसमा पनि नेपालको नक्सा बनाएर आमालाई चिराचिरा पार्ने काम कहाँबाट आयो । नेपाल भनेको आमा हो । मैले यति मात्रै भन्न चाहे ।’
केक काटेर खान मन लागे अन्य दिनहरुमा पनि काटेर खान मिल्ने तर जन्मदिन बत्ति बालेर र केक काटेर नमनाउन पनि उनले आग्रह गरपन्- ‘तपाईलाई काट्न मन लागेको छ भने काटेर खानुहोला तर जन्मदिननमा केक नकाट्नुहोला । बत्ती ननिभाइ दिनुहोला । बत्ति बाल्दिनु होला उज्यालोको भविष्यका लागि हो त्यो । जन्मदिन भनेको एक स्टेप पाको भयौँ, उज्यालौँ भयौँ प्रगति गर्योँ भनेर देखाउने कुरा हो । त्यसैले जन्मदिनमा केक काटेर होइन बत्ति बालेर उज्यालोको खोजी गरौँ प्रगतिको खोजि गरौँ’, उनले भनिन् ।
व्यक्ति जो सुकै भएपनि नेपाली संस्कार र सोचहरु सामन्ति चिन्तन र गलत ढंगबाट विकसित भएको उनले बताइन् । उनले सत्तामा पुगेपछि जनताको चाहाना पुरा गर्नै पर्ने बताइन् । जनताको भवना आत्मसाथ गर्न नसके सत्तामा बसेर नेतृत्व गरेको अर्थ के ? भन्दै उनले प्रश्न गरिन्। सामन्ति व्यवस्था, राजतन्त्र ढालेर गणतन्त्रमा भएपनि सोच, कार्यशैली र व्यवहार सामन्ति चिन्तन र सामन्ति अवशेसबाट ग्रसित रहेको उनले बताइन् ।
उनले सत्तामा बसेर अनेक चलखेल गर्ने काम भएको भन्दै आपत्ति समेत जनाएकी छन्-‘सत्तामा बसेर अनेकौ चलखेल गर्ने कामतिर हामी लाग्छौँ । लेनदेनको चलखेल भित्र लाग्छौँ । किन यस्तो भइरहेको छ । बुझ्न सकिएको छैन । जनताले यस्तो चाहेको होइन्’, उनले भनिन् । हेरौं भिडियोमा :





























प्रतिक्रिया