राष्ट्रियसभा सदस्यको शपथ फागुन २१ गते, सांसदले मातृभाषामा शपथ लिनसक्ने

राष्ट्रियसभा सदस्यको शपथ फागुन २१ गते, सांसदले मातृभाषामा शपथ लिनसक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  गत माघ ९ गते निर्वाचित राष्ट्रिय सभाका १८ सदस्यलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउने कार्यक्रम तय भएको छ ।

संघीय संसद्‍ सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले शपथको समय तय भएको सूचना सार्वजनिक गरेका हुन्। नवनिर्वाचित सदस्यले राष्ट्रिय पोशाक वा आ–आफ्नो पहिचान झल्किने पोशाकमा शपथ लिन सक्नेछन्।

सांसदले चाहेमा आफ्नो मातृभाषामा शपथ लिनसक्ने सचिवालयले जनाएको छ। मातृभाषामा शपथ लिने सदस्यले तीन दिन अगाडि संसद्‍ सचिवालयमा पठाउनुपर्ने सूचनामा उल्लेख छ।

‘नव निर्वाचित सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा राष्ट्रियसभा सदस्य निर्वाचन एने, २०७५ को दफा ६८ को उपदफा (२) बमोजिम शपथको व्यहोरा आफ्नो भातृभाषामा अनुवाद गरी अनुवादको एक प्रति तीन दिन अगावै (फागुन १८ गते) संघीय संसद सचिवालयमा उपलब्ध गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा लेखिएको छ।

राष्ट्रियसभाका १८ सदस्यको दुई वर्षे कार्यकाल फागुनमा सकिदै छ। उनीहरुको स्थानका लागि भएको निर्वाचनमा नेकपाका १६ र राजपाका दुई उम्मेदवार निर्वाचित भएका छन्।

 

Logo