एमसिसी संशोधनकाे विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने

एमसिसी संशोधनकाे विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीकाे सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का विषयमा आज निर्णय हुन नसकेपछि अर्को सचिवालय बैठकबाट आवश्यक निर्णय गरेर अगाडि बढ्ने निर्णय गरेको छ।

नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले एमसिसी पारित गर्ने/नगर्ने विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने बताएका छन् । शनिबारको सचिवालय बैठकमा प्रतिवेदनलाई भाषिक रूपमा अन्तिम सम्पादन गरेर कार्यान्वयनका सम्बन्धमा अगाडि बढ्ने विषयमा पनि छलफल भएको उनले बताए। संशोधन गर्नुपर्ने विषयमा आवश्यक परे अमेरिकी सरकारसँग कुराकानी गर्न कार्यदलले सुझाव दिएको छ।

अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनको विवरण पेस गरेका थिए ।  त्यस्तै, बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा लेनदेनको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाका विषयमा अख्तियारलगायतका थप निकायले छानबिन गरिरहेको विषयमा पनि जानकारी गराइएको थापाले बताए।

 

Skip This
Skip This
Logo