काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गदै राष्ट्रियसभा बैठक अवरुद्ध गरेकाे छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएपछि कांग्रेसले अवरुद्ध गरेकाे हाे ।
राष्ट्रियसभाको बिहीबारको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरे ।
लगतै कांग्रेस सांसदहरु आ आफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका हुन् ।





























प्रतिक्रिया