नेपाल गरिब राष्ट्रबाट माथी उठेको वर्ष-२०२० (भिडियाेसहित)

नेपाल गरिब राष्ट्रबाट माथी उठेको वर्ष-२०२० (भिडियाेसहित)


काठमाडौं ।

सन् २०१९ को अन्त्यबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ ले वर्ष २०२० अशान्त रह्यो । सबैका लागि वर्ष २०२० को पुरै वर्ष कष्टकर रह्यो । कोरोना भाइरसले विश्वव्यापी रुपमा विनास गर्यो, अधिकांश देशहरु प्रभावित बने । जब कोरोना कहर उत्कर्षमा पुग्यो, धेरैले आफ्नो परिवार, आफन्तजन र साथीभाई गुमाए ।

मानव जातिलाई नै संकटमा पारेको यस भाइरस नियन्त्रणका लागि विश्वका सबै देशहरुले आ–आफ्नै हिसाबले रोकथाम गर्ने प्रयास गरिहरहेका छन् । तर पनि कोरोना भाइरसविरुद्वको खोप नै तत्कालका लागि अत्यावश्यक बनेको छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण कार्य र छलफल विश्वव्यापी रुपमा वर्षभरी नै चर्चाको विषय बन्यो । भाइरसले आक्रान्त बनेको विश्व मानव जीवन यतिखेर भ्याक्सिनको प्रतीक्षामा छ । यसैबीचमा पनि संसारका केही ठूला उपलब्धिहरु बाहिर आए । तर, ति उपलब्धिहरुलाई कोरोनाले ओझेलमा पारिदियो । कोरोना महामारीका बीच विश्वले पाएका ठूला उपलब्धि जहाँ नेपाल पनि समेटिएको छ । यस्ता छन् २०२० का विश्वका १० उपलब्धि :

१) सन् २०२२ सम्ममा विकासोन्मुख देश बन्ने लक्ष्य नेपालको, अब गरिब छैन नेपाल

नेपालमा अति निम्न वर्गबाट अब निम्न मध्यमवर्गको अर्थतन्त्र बनेको छ । विश्व बैंकले गत जुलाईमा नेपालको यो वर्गोत्थानलाई औपचारिकता प्रदान गरेको थियो । यद्यपी नेपालको पर्यटन र होटल व्यवसाय भने कोरोना भाइरसले प्रभावित बनेको छ । यसैबीच अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक संकट झेलिरहेको नेपाललाई यसबीचमा १५८४ करोड रुपैयाँको कोष समेत खडा गरिदियो । संयुक्त राष्ट्रसंघले नेपाललाई सन् २०२२ सम्ममा विकाशोन्मुख देश बन्ने लक्ष्य दिएको छ ।

२) कोरोनाको सुरुवात चीनबाट, पहिलो खोप भने बेलायतलाई

विश्वभर फैलिएको कोरोना भाइरस सबैभन्दा पहिले चीनमा फैलियो । तर, पहिलो खोप लगाउने कार्यक्रम भने बेलायतमा भएको छ । त्यहाँ ८ डिसेम्बरदेखि खोप लगाउने काम शुरु भयो । जसमा ८० वर्ष भन्दा माथिका बृद्धबृद्धा र स्वास्थ्यकर्मीहरु सहभागि भएका थिए । बेलायतले फाइजर–बायोएनटेकबाट ८ लाख डोज खरिद गरेको थियो । जसमा ४ लाखलाई दुई–दुई मात्रा दिने तयारी छ । पहिलो खोप ९० वर्षकी बृद्धा मार्गरेट किननलाई दिइयो । अहिलेसम्म चीनका ४, रुसका २ र अमेरिकाको एक भ्याक्सिनलाई अनुमति मिलेको छ ।

३) विश्व कोरोनासँग लड्दै गर्दा, दक्षिण अफ्रिका भने पोलियो मुक्त

एकातिर विश्व कोरोना भाइरससँग लड्दै थियो भने दक्षिण अफ्रिका पोलियो मुक्त हुँदै थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गत २५ अगस्टमा अफ्रिकालाई पोलियोमुक्त महादेशको रुपमा घोषणा गरेको थियो । अहिलेसम्म अफ्रिकी देशहरुमा नाइजेरियामा मात्र पोलियो भाइरस बाँकी थियो । यहाँ पछिल्लो वर्षमा भने पोलियोका कुनै पनि घटनाहरु देखा परेका छैनन् ।

सन् १९९६ मा अफ्रिकामा करिब ७५ हजार बालबालिका पोलियो संक्रमित भएका थिए । संसारमा अहिलेसम्म अफगानिस्तान र पाकिस्तानमा मात्र पोलियो भाइरस सक्रिय छ । कुनैपनि देशमा ४ वर्षसम्म पोलियोका संक्रमित देखिएका छैनन् भने त्यस्ता देशलाई पोलियोमुक्त देश मानिन्छ ।

४) अमेरिकी अन्तरिक्षयात्री क्रिस्टिना कोचको कीर्तिमान, बसिन् ३२८ दिन अन्तरिक्षमा

नियोग नासाकी अमेरिकी अन्तरिक्षयात्री क्रिस्टिना कोच ११ महिना अन्तरिक्षमा बसेर २०२० को फेब्रुअरी २६ मा पृथ्वीमा फर्किइन् । जुन महिलाको लागि यो सबैभन्दा लामो अन्तरिक्ष मिसन हो । क्रिस्टिनाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३२८ दिन बिताइन् । यस क्रममा उनले पृथ्वीलाई ५ हजार २४८ पटक चक्कर लगाइन् । यो क्रिस्टिनाको पहिलो मिसन थियो । यसक्रममा उनले मंगल मिसन, गुरुत्वाकर्षण, अन्तरिक्ष रेडिएसन र यससँग महिलाको शरीरमा असर पार्ने महत्वपूर्ण तथ्यहरुको संकलन गरिन् । नासाका अनुसार, यस अघिको रेकर्ड अमेरिकी महिला एस्ट्रोनोट पेगी वाटसनको नाममा रहेको थियो । सन् २०१६/१७ मा पेगीले २८८ दिन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा बिताएकी थिइन् ।

५) बन्यो ३२ सय मेगापिक्सलको क्यामेरा, २४ किलोमिटर टाढाबाट तस्बिर लिन सकिने

अमेरिकी वैज्ञानिकले गत सेप्टेम्बरमा ३२०० मेगापिक्सलको संसारकै सबैभन्दा ठूलो डिजिटल क्यामेरा बनाए । यसलाई क्यालिफोर्नियाको एसएलएसी नेशनल एक्सिलेरेटर ल्याबमा राखिएको छ । यस क्यामेराले २४ किमी टाढाबाट पनि फोटो खिच्न सक्ने दाबी गरिएको छ । उक्त क्यामेराबाट ब्रोकलीको पहिलो फोटो खिचिएको थियो । आगामी दश वर्षभित्रमा यो क्यामेराबाट ब्रम्हाण्डको यस्तो तस्विर खिचिने भनिएको छ जसलाई अहिलेसम्म कसैले देखिएको छैन । विश्वको पहिलो डिजिटल क्यामेरा सन् १९७५ मा ईस्टम्यान कोडक कम्पनीका इन्जिनियर स्टीभन ससनले डिजाईन गरेका थिए । यसको तौल ४ किलोको थियो ।

६.४५ वर्षपछि आकाशबाट सीधै समुन्द्रमा अवतरण

अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको ड्रागन क्याप्सुल अगस्ट २ मा पृथ्वीमा फर्कियो । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीको सतहमा आउन यसलाई १९ घण्टा लाग्यो । ४५ वर्षपछि अमेरिकी स्पेसक्राफ्टले यसरी समुन्द्र सतहमा ल्यान्डिङ गरेको हो । यो मिसन निकै चुनौतीपूर्ण थियो । ल्यान्डिङको क्रममा अमेरिकी राज्य फ्लोरिडामा इसायस नामक सामुन्द्रिक आँधी आउने चेतावनी जारी गरिएको थियो । यसका बाबजुद पनि यात्रा जारी रहेको थियो ।

सन् २०११ मा अन्तरिक्ष कार्यक्रम समाप्त भएपछि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा पठाउन रसियामा भर परेको थियो । रुसले एक अन्तरिक्षयात्री पठाए वापत अमेरिकाबाट करीब ५५० करोड रुपैयाँ लिने गथ्र्यो । तर, यो पहिलो पटक हो जहाँ अमेरिकी निजी अन्तरिक्ष कम्पनीले अन्तरिक्षयात्री अन्तरिक्षमा पठाएको थियो ।

७. चीन बन्यो चन्द्रमाबाट चट्टान लिएर फर्कने तेस्रो देश

अमेरिकाको एपोलो र रसियाको लुना अभियानपछि चन्द्रमाबाट चट्टान लिएर फर्कने चीन विश्वको तेस्रो देश बन्यो । चीनको चांग–ई यान २३ नोभेम्बरमा चन्द्रमातर्फ प्रस्थान गरेको थियो । उक्त यान १७ डिसेम्बरमा दुई किलो चट्टान लिएर पृथ्वीमा फर्कियो । यस यानको ल्यान्डिङ राति साढे एक बजे भित्री मंगोलियामा भयो । चीनले यसलाई आफ्नो सफलताको ठूलो उपलब्धि मानेको छ । ४४ वर्ष अगाडि अमेरिकाको एपोलोले चट्टान लिएर पृथ्वीमा फर्किएको थियो । अमेरिका र रुसले मानवसहितको यान चन्द्रमामा पठाएका थिए तर, चिनियाँ यान भने मानवरहित थियो । यो रोबोटिक यान जसले चन्द्रमाबाट चट्टान ल्याएको थियो ।

८) इजरायल र युएईबीच ऐतिहासिक शान्ति सम्झौता

ठूलो दुश्मनीको रुपमा रहेका मुलुक इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच गत अगस्टमा ऐतिहसिक शान्ति सम्झौता भएको थियो । सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गराएका थिए । सन् १९४८ मा स्वतन्त्रता हासिल गरेपछि इजरायलले यो अरब मुलुकसँग तेस्रोपटक यस्तो सम्झौता गरेको थियो । यसअघि जोर्डन र इजिप्टसँग उसले सम्झौता गरिसकेको छ । इजरायल र युएईको मित्रतालाई लिएर प्यालेस्टाइनले विरोध जनायो । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यस्तो सम्झौता गराएर राष्ट्रपति ट्रम्पले एकै तीरमा दुई निशाना बनाएका थिए । इरान र अरबीको सम्बन्ध तनावग्रस्त छ । इरान आणविक शक्ति प्राप्त गर्न चाहन्छ भने, अमेरिका, इजरायल र अरब मुलुकहरु यसलाई रोक्न चाहन्छन् ।

९) विश्वको पहिलो हाइड्रोजन इन्धन बसको परिक्षण, वायु प्रदूषण कम हुने

विश्वको पहिलो हाइड्रोजनबाट चल्ने बसको स्कटल्यान्डको एबरडिनमा डबल डेकर परीक्षण गरिएको छ । अक्टोबरमा शुरु गरिएको यो पहलको लक्ष्य कार्बन उत्सर्जनमा शून्यमा झार्नु हो । कार्बन र हाइड्रोजनलाई हावासँग मिलाएर बिजुली उत्पादन गर्ने भनिएको छ । एक बसलाई चार्ज गर्न १० मिनेटको समय लाग्छ । बेलायतको स्कटल्याण्डमा चाँडै नै घरेलु उपयोगको लागि एक इन्धनको रुपमा हरियो हाइड्रोजन प्रयोग गर्ने पहिलो विश्व हुनेछ ।

१०) कमला ह्यारिस पहिलो अमेरिकी अश्वेत र महिला उपराष्ट्रपति

जो बाइडेन डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकामा राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपति बन्दैछन् । कमला उपराष्ट्रपति हुने पहिलो अमेरिकी महिला, अश्वेत र दक्षिण एशियाली मूलकी समेत पहिलो महिला हुन् । यसका साथै कमला ह्यारिसले तीन कीर्तिमान बनाइन् । कमला कि आमा श्यामला गोपालन भारतीय नागरिक हुन् भने बुबा डोनाल्ड ह्यारिस जमैकाको स्तनक्यान्सर विशेषज्ञ थिए । ७८ वर्षे बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुने बढी उमेरका हुनेछन् । यसअघि वयोवृद्ध रेकर्डमा रोनाल्ड रेगन थिए । उनी ७७ वर्षका थिए । रेगनले सन् १९८९ मा आफ्नो पद छाडेका थिए ।एजेन्सीको सहयोगमा

Logo