“कतिपयको तर्क सुन्दा मरूँ कि जस्तो पनि लाग्छ”- प्रधानमन्त्री

“कतिपयको तर्क सुन्दा मरूँ कि जस्तो पनि लाग्छ”- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको काम कारवाहीको बिषयमा कतिपयले गर्ने तर्क सुनेर मरौं कि जस्तो लाग्ने गरेको बताएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकारको कामबारे कुरा गर्दा गफ गरेर हुन्छ, गर्छु भनेर हुन्छ, काम गरेको देखिनुपर्‍यो। तथ्य/आँकडा प्रस्तुत हुनपर्‍यो भन्ने सुन्थें,’ उनले भने, ‘परिवेश अहिले बदलिएको देखियो। थेगोजस्तै बनेको छ, अंक र आँकडाले हुन्छ? ग्लोबल इन्डेक्समा होइन, जनतामा इम्प्रेसन के छ ? भन्नेजस्ता कुरा सुनिन थाल्यो।’

प्रधानमन्त्रीले सुन तस्करीलाई पक्राउ गरेर कारबाही गरिएको बताएका छन् । ‘मझेरीदेखि जंगलसम्म सुन लुकाउनेलाई कारबाही गरिएको छ,’ उनले भने । प्रधानमन्त्रीले सडक कालोपत्रलाई सरकारले प्राथमिकता दिएको बताए।

तीन हजार किमीभन्दा बढी सडक गाभ्रेल भएको उनले बताए।  सरकार बनेपछि तीन सय २५ वटा पुल निर्माण भएको प्रधानमन्त्रीको भनाइ छ। देश अब तुइनमुक्त भएको प्रधानमन्त्रीले दाबी गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले करको दायरा मात्र बढाउने काम गरेको बताएको छन् ।

Skip This
Skip This
Logo