काठमाडौं ।
नेपाली काँग्रेसको संसदीय दलले राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेको छ ।
काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण र राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले शुक्रबार छुट्टाछुट्टै विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको ५१ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । उनीहरुले सांसद उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय योगदान पु¥याएको उल्लेख गर्दै उपाध्यायको निधनले राष्ट्र र काँग्रेसलाई अपूरणीय क्षती पुगेको बताए ।
विसं २०२६ मा जन्मिका उपाध्याय २०४६ सालको जनआन्दोलनदेखि काँग्रेसमा सक्रिय रहँदै आएका थिए । विसं. २०५४ को स्थानीय निर्वाचनमा रुपन्देहीको साबिक मधुवनी गाविसमा उहाँ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशनमा उपाध्याय दुई कार्यकाल क्षेत्रीय सभापतिसमेत थिए । विसं २०७४ मा उनी काँग्रेसका तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएका थिए ।































प्रतिक्रिया