केन्द्रबिन्दु बुलेटिन : सरकारविरुद्ध अनेरास्ववियूले निकाल्यो दिउँसै लालटिन जुलुस (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : सरकारविरुद्ध अनेरास्ववियूले निकाल्यो दिउँसै लालटिन जुलुस (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लालटिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ । यूनियनले बुधबार दिउँसै लालटिन जुलुस गरी सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो । विद्यार्थीहरू उक्त कदमको विरोध स्वरुप माइतीघर मण्डलाबाट बानेश्वरसम्म दिउसै लाल्टिन बालेर जुलुश प्रर्दशन गरेका हुन् ।

उद्योगी व्यवसायीहरुले नेपाली वस्तुको निर्यात प्रवर्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिएका छन् । निर्यात जन्य वस्तुहरुको आन्तरिक बजारलाई सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय बजारको खोजी बढाउनु पर्ने तथा आन्तरिक बजारको समेत विस्तार गर्नुपर्नेमा व्यावसायीहरूले जोड दिएका छन् ।

पूर्वप्रधानमन्त्री तथा जसपाका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान भन्दा माथिबाट समग्र व्यवस्थालाई नै कू गरेको बताएका छन् । भट्टराईले ओली एक इमान्दार तानाशाह भएको भन्दै अझै नेकपा भित्र उनलाई राखिरहनुको औचित्य सकिएको बताएका छन् ।

न्यायाधीश हरिकृष्ण कार्कीले आफूलाई संवैधानिक इजलासबाट अलग गराएको घोषणा गरेका छन् । सर्वोच्च अदालतमा जारी संवैधानिक इजलासमा भइरहेको बहसका क्रममा न्यायाधीश कार्कीमाथि प्रश्न उठेपछि आफूलाई संवैधानिक इजलासबाट अलग गराएको कार्कीले स्वघोषणा गरेका हुन् । कार्की इजलासबाट अलग भएसँगै प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ बुधबारका लागि प्रभावित भई एक सातालाई स्थगित गरिएको छ ।

झन्डै वर्ष दिन क्रिज भन्दा बाहिर रहेका नेपाली क्रिकेट खेलाडी अहिले ओमान, अमेरिका र नेपालबीच हुने त्रिकोणात्मक शृखंलाको तयारीमा जुटेका छन् । लकडाउनका कारण घरेलु अभ्यासमा सिमित बनेका राष्ट्रिय क्रिकेट खेलाडी अहिले फिटनेस ट्रेनर र फिजियोको प्रत्यक्ष निगरानीमा फिटनेस लेभल विकासका लागि अभ्यासमा जुटिरहेका छन् । झन्डै वर्ष दिन क्रिज भन्दा बाहिर रहेका खेलाडी अहिले ओमान, अमेरिका र नेपालबीच हुने त्रिकोणात्मक श्रृंखलाको तयारीमा जुटेका छन् , यता गत साउनदेखि रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराईदिन माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले बुधबार युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

Skip This
Skip This
Logo