काठमाडौं। ललिता निवास प्रकरणमा अख्तियारले भेदभावपूर्ण निर्णय गरेकाे भन्दै प्रतिपक्षी दलले विरोध जनाइरहँदा राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सत्तपक्षका सांसद सांसद रामनारायण बिडारीले भने काँग्रेसको भ्रष्टाचारको पक्षमा लागेको आरोप लगाएका छन् ।
बिहीबारको बैठकमा उनले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदा खुसी मनाउने तर ओली नेतृत्वको सरकारले भ्रष्टाचार तितरवितर गर्दा प्रतिपक्षी दल काँग्रेसले विरोध गरेको बताए । उनले भने, ‘‘भ्रष्टाचार व्याप्त गराए । बडो खुसी मनाए व्याप्त छ भनुन्जेल । जटिल बनाएर राखे भ्रष्टाचारलाई । यस्तो जटिल बनाए कसैले पनि त्यहाँ गएर एक्सन गर्नै नसक्ने भए । त्यस्तो बनाउँदा खुसी भएर हाँसे । विगतदेखि यस्तै यस्तै भयो । वर्तमान ओली नेतृत्वको नेपाल सरकारले भित्रभित्रै ब्यापक फैलिएर बसेको आपराधिक कार्य फोर्दै, तोड्दै आक्रामक रुपमा प्रहार गर्दै आयो । यसमा त सबैजना खुसी हुनुपर्ने हो नी । वाह वाह गजब गर्यो भन्नुपर्ने हो नि ।’’ उनले थपे ‘सुन तस्करी गरे । सुन चोरेर ल्याए । मस्त सँग चोरे । चोर्नेको कुरा एउटा विचराले देख्यो । त्यसलाई पनि गोली हानेर मारे । अनि त्यो मुद्दा मारेर क्या मजासँग गद्गद् हाँसेर बसे । यही सरकारले त्यो सुन तस्करहरुलाई खोज्यो । समात्यो, पक्राउ गर्यो । विदेशमा गएका समेतलाई ल्यायो । झ्यालखानमा हाल्यो । खोइ ठूलो माछा भनेर उफ्रिन्छ । फेरि त्यसलाई कत्रो ठूलो माछा चाहिएको रहेछ । यो पनि बुझ्न सकिएन् ।’
एकथरी मान्छे सधै विरोध, कारवाही नगरे खै कारवाही भन्छ, कारवाही गरे फलानोलाई किन नगरेको मेरो मान्छेलाई किन गर्या त्यो अर्कोलाई किन नग-या भन्छ भन्दै उनले मनसायपूर्ण रुपमा गरिएको कामलाई अपराध मानिने तर अञ्जानमा गरिएको कामर्लाइ अपराध मान्न नसकिने धारणा राखे ।





























प्रतिक्रिया