आईसीसी विश्वकप लिग–२ : आज अमेरिका र ओमान भिड्दै

आईसीसी विश्वकप लिग–२ : आज अमेरिका र ओमान भिड्दै


काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा बुधबारदेखि सुरु त्रिदेशीय श्रृङ्खला अन्तर्गत आज ओमान र अमेरिकावीच खेल हुँदैछ । यी दुई टिम पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् । क्रिकेट मैदान कीर्तिपूरमा बिहान १० बजेपछि यी दुई देशको खेल हुनेछ ।

अमेरिकाले आठ खेलमा छ मा जीत निकाल्दै १२ अङ्क जोडिसकेको छ । अमेरिका अङ्क तालिकाको शीर्ष स्थानमा छ । ओमान सात खेलमा पाँचमा जीतसहित १० अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । दुवै टोलीको लक्ष्य यहाँ जारी सिरिजका सबै खेल जितेर शीर्ष स्थानमा उक्लिने रहनेछ ।

लिग दुईमा सात देश समावेश छन् । आइसिसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी छन् । विश्वकपको रोड म्यापको रुपमा रहेको डिभिजन दुईमा हालसम्म स्कटल्यान्ड नौ अङ्क जोड्दै दोस्रो स्थानमा, आठ अङ्क जोडेको नामिविया तेस्रो स्थानमा, आठ अङ्क नै जोडेको ओमान चौथो स्थानमा, सात अङ्क जोडेको युएई पाँचाँ, अङ्कविहीन अवस्थमा रहेको नेपाल छैटाँै तथा पपुवा न्युगिनी सातौँ स्थानमा छ ।

उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो । लिगमा हालसम्म अमेरिका, स्कटल्यान्ड र पपुवा न्युगिनीले आठ आठ खेल खेलिसकेका छन् । नामिविया र युएईले सात सात खेल तथा ओमानले छ खेल खेलिसकेको छ । नेपालले पहिलो सिरिज खेल्दैछ । लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरि प्लेअफ खेल्नेछन् ।

यसअघि आठ खेलबाट ६ जित हात पारेको अमेरिका आजको खेलमा थप जित हात पार्ने मनसाय बनाएको छ । बुधबार भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।

Logo