सरकारलाई व्यङ्ग्य गर्दै सांसदको कविता वाचन

सरकारलाई व्यङ्ग्य गर्दै सांसदको कविता वाचन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य रामप्रित पासवानले चीनबाट फैलिएको कोरोना भाईरसभन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाईरस नेपालमा फैलिएको भन्दै त्यसतर्फ चिन्ता गर्न सरकारलाई सचेत गराएका छन् ।

आज राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसद पासवानले भ्रष्टाचार, चर्को बजार मुल्य र वेरोजगारीको चपेटामा समाज पर्दै गएको र त्यसैमा आधारित भएर युवाहरुले चोक चोकमा मुक्तक गाउने गरेको बताए । उनले भ्रष्टाचार, बेरोजगारी र चर्को बजारमूल्य प्रति व्यंग्य गर्दै उनले बैठकमै कविता वाचन गरि सरकारलाई व्यंग्य गरे ।

“नेपालीहरु खोज्दैछन् विकास र सम्मृद्धि

अनायास देख्दै छन् दण्डहिनता र भ्रष्टाचारमा वृद्धि

तरकारी बजारदेखि सरकारी कार्यालयसम्म भ्रष्टाचार झांगीसक्यो,

शैसब कालमै समृद्धिलाई कोरोना भाईरसले खाईसक्यो ।

समानता स्वतन्त्र सिकिस्त छन् , लोकतन्त्र पनि थला परिसक्यो

संघीयता , गणतन्त्र छटपटिदै छन् यहाँ ,

समावेशीताको पारा झरिसक्यो

आफ्नै भूमिका नागरिकता दिदैनौ ठानेर विदेशी

के अपराध भो जन्मनु भई जनजाति र मधेशी

गास,बास, कपास माग्दा कुरा मात्रै चिला

जनता आवास, भूमि ऐन पनि कहाँ छ र गतिला ?

हिड्ने सडक माग्दा जहाजको कुरा झिक्छांै

सत्ता टिकाउन, विदेशी डलर पाउन आफंै किन बिक्छौ ?

यहाँ सम्म कि सरकार,

यति सम्झौता, गोकर्ण रिसोर्ट र मेलम्ची ठेक्कामा के ठिक छौ ?

सरकार,

न्याय र समानताको नारा लगाउँछौ बेसरी

समान दोषमा कोही सत्तामा त कोही जेलमा कसरी ?

ढुकुटीमा मोजमस्ती, अनुदानमा गर्छौ भोज,

जनता किन भोकै छ गर्यौ कहिल्यै खोज ?

देश बनाउन युवा शक्ति खाडीमा फाल्दैछन् ज्यान,

के पाए युवाले सिवाय तिरस्कार र अपमान

तिमिलाई छुट कसरी ? गर्न वाईड वडी र एनसेल काण्ड

पुर्खौंको पौरख गुमाउदै हसाई पुरै ब्रह्माण्ड ?

प्याजको भाउ घट्दै गर्दा कुखुराको भाउ आकासि सक्यो

के गर्यौ सरकार कुखुराको मुल्यले होलिको मुखैमा पिरोलि सक्यो ।”

Logo