दोलखा ।
पूर्वउपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले पार्टीले दिएको जिम्मेवारी अनुसार अब पार्टीको पुरानै काममा फर्कने बताएकी छिन् ।
दोलखा आएकी पूर्वउपसभामुख तुम्बाहाङ्फेले सोमबार चरिकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुखमा राजीनामा दिएसँगै अब पार्टीले दिएको जिम्मेवारी अनुसार पार्टीको काममा लाग्ने बताएकी हुन् । आफू उपसभामुख रहँदा पार्टीको गतिविधिमा सहभागिता नभए तापनि लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारी लिइ काम गरेको अनुभव रहेको र पुनः पार्टीले दिएको जिम्मेवारी अनुसार आफू काम गर्न तयार रहेको उनले बताइन् ।
रासस





























प्रतिक्रिया