विचारमा स्पष्टता नभए लक्ष्य प्राप्ति हुँदैन : अध्यक्ष दाहाल

विचारमा स्पष्टता नभए लक्ष्य प्राप्ति हुँदैन : अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्ट वैचारिक राजनीतिक कार्यदिशाका आधारमा मात्र पार्टी अघि बढ्ने प्रष्ट पारेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा शनिबार गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका आधारहरु’ नामक पुस्तकको लोकार्पण गर्दै उनले विचार र कार्यदिशमा स्पष्टता आउन नसक्दा अन्योल र अराजकता मौलाएर पार्टी ठिक ढङ्गबाट अघि बढ्न नसक्ने बताए । “विचारमा सहिपना र स्पष्टताले पार्टीलाई विकसित गर्दै लैजान्छ”, उनले भने, “विचारमा स्पष्टता भएन भने पार्टीले आफ्नो उद्देश्य र लक्ष्य प्राप्ति गर्न सक्दैन ।”

समाजवाद स्थापनाका लागि नेपालमा मौलिक ढङ्गको क्रान्ति गरिएको उनको भनाइ थियो । “हामीले नेपालमा जे उपलब्धि हासिल ग¥र्यौं, त्यो दुनियाँको कुनै किताबमा पाइँदैन”, अध्यक्ष दाहालले भने, “विश्वभरको क्रान्तिको अध्ययन गरेर नेपालमा मौलिक विचार निर्माण गरिएको छ, समाजवादको आधार तयार पार्ने ‘हतियार’का रुपमा जनताको जनवादलाई लिइएको हो ।”

पुस्तकले नेकपाको वैचारिक धरालत र अब कुन दिशातर्फ जाँदैछ भनेर आम जनमानसलाई बुझ्न सहज हुने उनको भनाइ थियो । “राजनीतिक आन्दोलनपछिको सङ्क्रमणालीन परिस्थितिमा नेपाली राजनीतिको आजको अवस्था र अबको लक्ष्य बुझ्न पुस्तकले महत्वपूर्ण सन्देश दिएको छ”, अध्यक्ष दाहालले बताए ।
रासस

Logo