काठमाडौं ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बन सम्बन्धी कानुनमा भएको जटीलताका कारण राजधानी स्थापना हुन नसकेको दाबी गरे । भूमि हस्तान्तरणको कुरा संघीय सरकार मातहतमा रहेको भन्दै मुख्यमन्त्री भट्टले संघीय सरकारले भूमी हस्तान्तरण नगर्दा राजधानी स्थापनामा ढिलाई भइरहेको बताए ।
केन्द्रविन्दु अनलाईन टेलिभिजनसँगको विशेष कुराकानीमा मुख्यमन्त्री भट्टले नागरिकको अपेक्षा पूरा गर्न मुलुकको सिस्टम बाधक भएको दाबी गरे । नेपालको सिस्टम नै अल्छी रहेको भन्दै उनले प्रदेश सरकारले गर्नुपर्ने कामहरुलाई तिब्रता दिन पनि सिस्टमले अप्ठ्यारो पारेको टिप्पणी गरे । उनले सिस्टमलाई नागरिकको स्पिरिटमा ल्याउन सकस भईरहेको उल्लेख गरे ।
मुख्यमन्त्री भट्टले सुदुरपश्चिम प्रदेशमा जाने अनुदानमा विशेष ध्यान पुर्याउन संघीय सरकारको ध्यानाकर्षण गराएको बताए । संघीय सरकारबाट जाने अनुदानमा पनि समावेशी सिद्दान्त लागू हुनुपर्ने भन्दै उनले राजनीतिक र प्रशासनिक हिसाबले मात्र समावेशी होईन, बाँडफाँडमा पनि समावेशिता अपनाउनुपर्ने जिकिर गरे ।
प्रस्तुत छ, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग गरिएको विशेष कुराकानी :































प्रतिक्रिया