काठमाडौं ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । मंगलबार दाहाल निवास खुमलटार पुगेका नेता पौडेलले प्रतिनिधिसभाका सभामुख र उपसभामुख निर्वाचनका साथै आफ्नो भारत भ्रमणका विषयमा पनि छलफल गरेका हुन् ।
एक साता लामो भारत भ्रमणबाट केही दिन अघि मात्र स्वदेश फर्केका पौडेलले उपसभामुखमा नेपाली कांग्रेसलाई सहयोग गर्न पनि दाहालसँग आग्रह गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवासँग सोमबार टेलिफोनमा कुरा भएको सुनाउँदै दाहालले त्यस विषयमा पार्टीभित्र छलफल गरेर मात्र केही बताउन सक्ने जनाएका थिए।
नेकपा कार्यकारी अध्यक्ष दाहालसँग केही समयपहिला देखि नै भेट्न खोजेको जानकारी दिँदै नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले मुलुकको पछिल्लो राजनीति, सभामुख उपसभामुख, भारत भ्रमण लगायतका विषयमा कुराकानी भएको बताए ।
नागरिकबाट































प्रतिक्रिया