तुम्वाहाङ्फेलाई मन्त्री बनाउने तयारी

तुम्वाहाङ्फेलाई मन्त्री बनाउने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई मन्त्री बनाउने तथा पार्टीभित्र उचित जिम्मेवारी दिने आश्वासन दिएका छन् । उपसभामुख पदबाट राजीनामा दिनु अघि सोमबार बिहान बालुवाटारमा बोलाएर दुवै अध्यक्षले उनलाई नयाँ जिम्मेवारीको आश्वासन दिएका हुन्।

दुई अध्यक्षले संसदीय दलका उपनेता सुवास नेम्बाङ र पार्टी महासचिवलाई समेतसँगै राखेर आश्वासन दिएको स्रोतले बतायो । दुई अध्यक्षसँगको भेटपछि तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएकी हुन् । बालुवाटारबाट नेम्बाङसँगै फर्केकी तुम्बाहाम्फे लामो समयसम्म उनैसँग छलफलमा बसेकी थिइन्।

पार्टी महासचिव विष्णु पौडेलले तुम्वाहाङ्फेलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइने बताए । ‘उहाँलाई पहिला केन्द्रीय सदस्यको जिम्मेवारी दिइनेछ त्यसपछि सार्वजनिक राजकीय जिम्मेवारी पनि पाउने सम्भावना छ’, पौडेलले भने।

अहिले कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकाल र सहरी विकास मन्त्रालयको जिम्मेवारी सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका गोकुल बाँस्कोटाले पाएका छन्। तुम्बाहाम्फेलाई ती दुईमध्ये एक मन्त्रालयमा जिम्मेवारी दिएर पठाउने नेकपा स्रोतले जनाएको छ।
नागरिकबाट

Logo