उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिंदै

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले सोमबारको प्रतिनिधि सभा बैठक अघि नै राजीनामा दिने भएकी छिन् । प्रतिनिधि सभाको बैठक १ बजेका लागि बोलाईएको छ ।

सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने संवैधानिक ब्यवस्था अनुसार उपसभामुखले राजीनामा दिन लागेकी हुन् । यसअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आईतबार पार्टी स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेद्वार चयन गरेको थियो । तुम्बाहाङ्फे तत्कालिन नेकपा एमालेबाट प्रतिनिधि सभाको उपसभामुख बनेकी थिईन् । तत्कालिन एमाले र माओवादी केन्द्रवीच एकिकरण भई नेकपा बनेपछि उपसभामुखले राजीनामा गर्नुपर्ने बाध्यता आईपरेको हो । यसअघि सभामुखमा दाबी गर्दै आएकी उपसभामुख तुम्बाहाङ्फेले सभामुखको उम्मेद्वार चयन भएपछि राजीनामा गर्ने बताउँदै आएकी थिईन् । उनले सभामुखलाई सम्बोधन गर्दै दिएको राजीनामा संसद सचिवालयमा बुझाईने छ ।

सोमबारको प्रतिनिधि सभाको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा संचालन हुनेछ । बैठकको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले उपसभामुखको राजीनामा पढेर सुनाउँदै सभामुखको निर्वाचन प्रक्रिया शुरु गर्न संसद सचिवालयलाई निर्देशन दिनेछन् । संसद सचिवालयले आजै सभामुखको निर्वाचन कार्यक्रम प्रकाशन गर्दै माघ ८ गतेका लागि निर्वाचन तय गर्ने सम्भावना रहेको सचिवालय श्रोतले बताएको छ ।

Skip This
Skip This
Logo