विश्वविद्यालयको स्वायत्ततामथि प्रहार भएकाे गगन थापाकाे भनाइ

विश्वविद्यालयको स्वायत्ततामथि प्रहार भएकाे गगन थापाकाे भनाइ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  सांसद गगन थापाले विश्वविद्यालयका पदाधिकारी ५१ प्रतिशतले हटाउने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामथि प्रहार गर्ने बताएका छन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा केही ऐनहरूमाथि संशोधन गर्न चलेको छलफलमा सांसद थापाले यस्तो बताएका हुन् । नियुक्त भएका पदाधिकारीलाई सरकार वा मन्त्रालयले दिएको कुनै निर्देशनको पालना नभएको अवस्थमा सरकारले चाहेको बेला हटाउन सक्ने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्ने थापाको भनाइ छ । थापाले २ तिहाइले मात्रै हटाउन सक्ने संशोधन सहित पारित गराउनुपर्ने बताए । उनले सरकारले चाहेको बेलामा हटाउन सक्ने आधार निर्माण गर्नु लगत भएको बताए । समितिले गरेको निर्णय नमान्ने भन्ने नहुने तर यो कुरा गलत भएको उनको भनाइ छ ।

बिहीबार समितिले विश्व विद्यालयको पदाधिकारी हटाउन ५१ प्रतितश हुनुपर्ने प्रावधान राख्दै नेपाल ऐन पारित गरेको थियो । समितिमा छलफलका क्रममा दूईतिहाइले मात्रै हटाउन सक्ने प्रावधान राख्न सुझाव आएपनि विश्वविद्यालय र उच्च शिक्षाको छाता ऐन आउने क्रममा भएका कारण तत्काललाई ५१ प्रतिशतले नै हटाउन सक्ने प्रावधान राखिएको समिति सभापति जयपुरी घर्तिले बताए ।

Logo