काठमाडौँ ।
सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन् । माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले टीकापुर घटनाका मुद्दा खारेज गर्ने विषयमा पार्टी र सरकारमा छलफल भइरहेको जनाउँदै परिणाम केही समयभित्रै निस्कने जिकिर पनि गरे ।
उनले भने, ‘टीकापुर घटनाको सन्दर्भमा झुटा मुद्दा खारेज गर्नुपर्यो भनेर साथीहरूले भन्नुभयो, पार्टी र सरकारसँग पटक–पटक छलफल भइसकेको छ। कतिपय साथी छुटेका छन् । रेशमलगायत साथीहरू छुट्न बाँकी छ। छुटाइन्छ हेर्नुहोला, केही समयभित्र यसको परिणाम निस्कन्छ।’
०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनरत थरुहट र सुरक्षाकर्मी बीचको झडपमा प्रहरीका एक एसपीसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । त्यही अभियोगमा चौधरी लगायत विरुद्द कैलाली जिल्ला अदालतमा परेको मुद्दामा अदालतले दोषी ठहर गर्दै चौधरीलगायत ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष जेल, एक जनालाई ६ महिना जेल र तीन जनालाई सफाइ हुने फैसला सुनाएको थियो। मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद ठहर गरेको थियो।
अन्नपूर्णबाट





























प्रतिक्रिया