काठमाडौं ।
कांग्रेसभित्रको विवाद मिलाउन सभापति शेरबहादुर देउवाले पहल थालेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग पार्टीभित्रको आन्तरिक विवाद मिलाउन आइतबार उनले छलफल गरेका हुन्।
पार्टीको विवाद समाधानका लागि शीर्ष तहमै संवाद गर्नुपर्ने दबाब बढेपछि उनले छलफलका लागि पौडेल र सिटौलालाई बोलाएका हुन् । ‘संवाद र वार्तालाई जारी राख्ने कुरा भएको छ। सहमतिका लागि पहल भइरहेको छ। चाँडो गृहकार्य गरेर टुंग्याउने भन्ने कुरा भयो,’ बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने। उनले पार्टीभित्रको संवादहीनता अन्त्य गर्न सभापतिसँगको छलफलले सकारात्मक भूमिका खेलेको बताए। देउवाले बहुमतको आडमा पेलेर जान खोजेको भन्दै पौडेल र सिटौला समूहले पार्टीको केन्द्रीय समिति बैठकदेखि औपचारिक कार्यक्रमहरू बहिस्कार गर्दै आएका छन्।
महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने भन्दै मंसिर २६ गतेदेखि सुरु केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको थियो । देउवाले पुस ११ को केन्द्रीय समिति बैठकबाट १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक, स्थानीय र केन्द्रीय महाविधेशनका लागि पार्टीको विधानका केही धारा निलम्बन, विभागको संख्या २८ बाट बढाएर ४७ पुर्याउनुका साथै नेपाल तरुण दलको कार्यकाल ६ महिना थप गर्ने निर्णय गराएका थिए। सहमतिबिनै सभापति देउवाले पार्टीलाई अगाडि बढाउन खोजेको भन्दै पौडेल र सिटौला पक्ष थप चिढिएको थियो।
अन्नपूर्णबाट





























प्रतिक्रिया