कांग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला आज हुँदै

कांग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला आज हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला आज दिउँसो पार्टी कार्यालय सानेपामा आयोजना गरेको छ । सभापति शेरबहादुर देउवाको कदमविरुद्ध पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

भेलामा सहभागी हुन विभिन्न जिल्लाका कांग्रेस सभापतिहरु काठमाडौं आएका छन् । सभापति देउवाले एकलौटी ढंगले पेलेर जान खोजेकाले जिल्ला सभापतिहरुसँग छलफल गरेर आगामी रणनीति बनाउने पौडेल समूहले तयारी गरेको छ ।

कांग्रेसले १४ औँ महाविधेशन ०७७ फागुन पहिलो हप्तामा गर्ने, पार्टीका विभागलाई २८ बाट ४७ पुर्‍याउने, तरुणदलको कार्यकाल थप्ने लगायतका निर्णय लिएको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरको बहिस्कारकाबीच कांग्रेस केन्द्रीय समितिले महाधिवेशनको मिति तोक्ने लगायतका महत्वपूर्ण निर्णय गरेपछि दुवै समूह सभापति शेरबहादुर देउवाविरुद्ध एक जुट भएर लाग्ने निष्कर्षमा पुगेका हन् ।

Logo