पार्टीकाे आवश्यकतामा आफूराष्ट्रियसभामा सदस्य भएकाे श्रेष्ठकाे भनाइ

पार्टीकाे आवश्यकतामा आफूराष्ट्रियसभामा सदस्य भएकाे श्रेष्ठकाे भनाइ

केन्द्रबिन्दु
0
Shares

चितवन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले आवश्यकता देखेर आफूलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको बताएका छन् ।

उम्मेद‍्वारी दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय कास्की पुगेका श्रेष्ठले यस्तो बताएका हुन् । आफूले कहिले पनि संसद‍्को सदस्य नहुने वा राष्ट्रियसभामा नजाने भनेर नभएको बताउँदै श्रेष्ठले पार्टीले दिएको जिम्मेवारी विना शर्त पुरा गर्ने बताए । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयबाट दुईजना (बामदेव गौतम र नारायणकाजी श्रेष्ठ) राष्ट्रियसभामा जानुपर्छ भन्ने प्रस्ताव गरेपछि मात्रै आफूले थाहा पाएको उनले बताए ।

श्रेष्ठलाई नेकपाले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट उमेद‍्वार बनाएको थियो । २०७४ सालको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट श्रेष्ठ डाक्टर बाबुराम भट्टराईसँग पराजित भएकाे थियो । नेकपाकै उम्मेद‍्वार भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन्

Skip This
Skip This
Logo