नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य उम्मेदवारहरू चयन गरेको  छ ।
शनिबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । "/>

यी हुन् कांग्रेसका राष्ट्रियसभा सदस्य उम्मेदवारहरू

यी हुन् कांग्रेसका राष्ट्रियसभा सदस्य उम्मेदवारहरू

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य उम्मेदवारहरू चयन गरेको  छ ।
शनिबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग तालमेल गर्दै दुई पद छाडेको छ।

प्रदेश नम्बर १ बाट पाँचथरका निरबहादुर विश्वकर्मा, सुनसरीकी मीना पुलामी मगर र झापाका राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको छ । त्यस्तै प्रदेश नम्बर २ मा महोत्तरीकी नगिना यादव, धनुषाका भोला पन्जियारको नाम टुंगो लगाएको छ । प्रदेश नम्बर ३बाट सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठ र चितवनकी छलीकुमारी शर्मा उपाध्यायलाई उम्मेदवार बनाएको छ भने गण्डकी प्रदेशमा स्याङ्जाका सूर्यप्रसाद रेग्मी र म्याग्दीकी विमला गौचनलाई उम्मेदवार बनाएको छ ।

यता प्रदेश नम्बर ५ का लागि अर्घाखाँचीका बालकृष्ण पाण्डे, दाङकी गिरिजा न्यौपाने र बाँकेकी मेराज हलवाईलाई उमेद्वार चयन गरेको छ । कर्णाली प्रदेश उम्मेदवार टुंगो लाग्न बाँकी छ भने सुदुरपश्चिम प्रदेशका लागि बैतडीका प्रताप ठगुन्ना र कैलालीकी तुलसी देवकोटाको नाम टुंगो लगाएको छ ।

Skip This
Skip This
Logo