काठमाडौं ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
शुक्रबार राजधानीको बानेश्वरमा अन्तरपार्टी महिला संजालले गरेको एउटा कार्यक्रममा बोल्दै महतले नेपाली कांग्रेसले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लडेर नागरिकलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिलाएको भन्दै यस्ता अधिकारलाई कुण्ठित गर्ने खालका कुनैपनि विधेयक नल्याउन सरकारलाई आग्रह गरे।
महतले महिलालाई अधिकार दिने कुरामा नेपाली कांग्रेस जति संवेदनशिल अरु पार्टी नभएको बताएका छन् । महतले आफ्नो पार्टीले महिलालाई अधिकार दिने कुरामा कन्जुस्याइँ नगरेको जिकिर गरे । महतले विश्वमा महिला अधिकारका कुरामा नेपाल अनुकरणीय मुलुक भएको पनि ठोकुवा गरे।
अहिले विश्वकै नमुना देश भनेर चिनिने स्विजरल्याण्डले ५० बर्ष अघि सम्म पनि महिलालाई मतदान गर्ने अधिकार नदिएको प्रसंग निकाल्दै महतले नेपाल त्यो अवस्थाबाट कहिल्यै नगुज्रिएको बताए।































प्रतिक्रिया