नेकपाको सचिवालय बैठक आज बस्दै

नेकपाको सचिवालय बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज विहान ८ः३० बजे बस्ने गरी विहिबार स्थगित भएको छ ।

राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल भए पनि कुनै निर्णय नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुखको उम्मेदवार तोक्ने एजेण्डा रहे पनि सो विषयमा छलफल हुन नसकेको जनाइएको छ ।

राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा) लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनु पर्नेछ ।
रासस

Logo