समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार लोकतान्त्रिक संस्थाहरुलाई धरासायी बनाउनेतर्फ अघि बढेको बताएका छन् । केन्द्रबिन्दु अनलाईन टेलिभिजनसँगको विशेष अन्तर्वार्तामा यादवले सरकारले प्रेसलाई नियन्त्रण गर्न, नागरिकको गोपनियताको अधिकार कुण्ठित पार्न तथा सेनालाई स्वेच्छाचारी ढंगले प्रयोग गर्न संसदमा विधेयक ल्याएको बताए ।
संविधानप्रदत्त नागरिकका हक नियन्त्रण गर्ने सरकारको नियत लोकतन्त्रको घाँटी निमोठेर सर्वसत्तावादतर्फ उन्मुख रहेको यादवले आरोप लगाए । १८ महिना सरकारमा उपप्रधानमन्त्री रहेर गत पुष ८ गते सरकारबाट बाहिरिएका यादवले समृद्ध नेपाल, सुखी नेपालीको नारा लगाउने प्रधानमन्त्रीको ब्यवहार चाहिं दरिद्र नेपाल, दुखी नेपाली बनाउने तर्फ उन्मुख रहेको बताएका छन् ।
संविधान संशोधनका लागि सरकार तयार नभएको भन्दै समाजवादी पार्टीले एक साताअघि सरकार छाडेको थियो । सरकार भ्रष्टाचार र काण्डै काण्डमा अल्झिएको भन्दै यादवले प्रश्न गरे, त्यसको मतियार बन्न किन सरकारमा बसिरहने ?
समाजवादी पार्टीका अध्यक्ष यादवले आफूहरुले सरकार छोड्नुका कारणहरु, १८ महिनाको सत्ता सहकार्यको अनुभव, प्रधानमन्त्रीसँगको सम्बन्ध र सरकार संचालनबारे गम्भिर र रोचक प्रसङ्गहरु सार्वजनिक गरेका छन् । प्रस्तुत छ, यादवसँग केन्द्रबिन्दु अनलाईनका राजनीतिक ब्युरो प्रमूख प्रकाश लुईटेलले गरेको अन्तर्वार्ताको सम्पादित सामाग्री ।





























प्रतिक्रिया