प्रजातन्त्रको रक्षाका लागि काँग्रेस सधैँ लडिरहन्छ : सभापति देउवा

प्रजातन्त्रको रक्षाका लागि काँग्रेस सधैँ लडिरहन्छ : सभापति देउवा

केन्द्रबिन्दु
0
Shares

इनरुवा ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको रक्षाका लागि काँग्रेस सँधै लडिरहने बताएका छन् । नेपाली काँग्रेस सुनसरीले सदरमुकाम इनरुवामा बुधबार आयोजना गरेको ४४ औँं राष्ट्रिय एकता तथा मेलमिलाप एवं सम्मान कार्यक्रममा उनले काँग्रेसको मूल उद्देश्य नै प्रजातन्त्रको रक्षा गर्नुभएकाले प्रजातन्त्रको रक्षाका लागि काँग्रेस हरसम्भव लागिरहने बताए ।

प्रजातन्त्रको रक्षाका लागि नेपाली काँग्रेसले राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रसँग लडाइ लडेको बताउँदै उनले अबको दिनमा सरकारसँग पनि लडाइ लड्ने दिन आएको बताए । प्रजातन्त्र विरुद्धमा लाग्ने जो कोहीसँग पनि काँग्रेस लडाइ लड्न तयार रहेको सभापति देउवाले उल्लेख गरे । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले पार्टीका नेता अहिलेको सरकारको विरुद्धमा बोल्नका लागि थुरथुर काम्ने गरेको तर आफूविरुद्ध जथाभावी बोल्ने गरेको सभापति देउवाले आरोप लगाए ।

अहिले सरकारले संसदमा दर्ता गरेको सञ्चार सम्बन्धी विधेयक कुनै पनि हालतमा पारित हुन नदिने सभापति देउवाले ठोकुवा गरे । उनले नेकपाले अहिलेसम्म सभामुखको उम्मेद्धवार चयन गर्न नसकेकाले काँग्रेसलाई सभामुख दिए भोलि नै उम्मेद्ववार दिएर दिने उल्लेख गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले प्रजातन्त्र ल्याउनका लागि आफूसहितका नेताले विभिन्न चुनौतीको सामना गर्दै भारतमा पुनर्वास जीवन बिताएकाले यसको रक्षाका लागि सँधै लडिरहने उल्लेख गरे । अहिलेको अवस्थामा नेपाली काँग्रेसमा बिपी कोइराला र गणेशमान सिंहमा भएको एकता जस्तै पार्टीभित्र पनि अन्य नेतामा एकता हुनुपर्नेमा जोड दिए।
रासस

Skip This
Skip This
Logo