काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापाले राजनीतिक ‘कू’ लाई रोक्न सरकारले संसद विघटन गर्नुपरेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता समेत रहेका गृहमन्त्री थापाले संसदभित्र निम्तिन लागेको राजनीतिक ‘कू’ लाई रोक्न सरकारले संंसद विघटन गर्नुपरेको बताएका हुन् । स्थिरताको संयन्त्रको रुपमा रहेको संसद केही कमरेडहरुको अडानका कारण अस्थिरताको संयन्त्रमा परिणत भएकाले पनि संसदको औचित्य सकिएको बताए । सरकारले संसद विघटन गर्ने कदम संवैधानिक कदम भन्दापनि ठूलो राजनीतिक कदम भएको पनि बताए।
संसद विघटन राजनीतिक कू लाई रोक्न र प्रतिगमनलाई सरकारले शाहसिक कदम चालेको पनि बताए । उनले भने, ‘नेकपाको दुई तिहाईको मत छ । यो स्थिरताको संयन्त्रको रुपमा थियो । कमरेडहरुको अडानपछि अब यो संसद स्थायित्वको संयन्त्र होइन की यो त अस्थिरताको संयन्त्रमा परिणत भइसक्यो । यसले आफ्नै नेतृत्वलाई विस्थापित गर्न खोज्यो त्यसकारणले यसको औचित्य सकियो भनेर प्रधानमन्त्रीले आफ्नो विशेष अधिकारलाई प्रयोग गरे । यो ठूलो राजनीतिक कदम हो ।
एउटा संवैधानिक कदम भन्दा पनि ठूलो राजनीतिक कदम हो । राजनीतिक कू लाई रोक्ने प्रतिगमनलाई रोक्ने यो एउटा ठूलो राजनीतिक कदम हो । यो ठूलो शासहिक कदम पनि हो । अहिले एउटा बहस छ । यो बहस अदालतमा पुगेको छ । यो कदम उठाउनु संवैधानिक थियो की असंवैधानिक थियो । यो अग्रगामी कदम हो की यो प्रतिगामी कदम हो भन्ने कुरा अदालतले फैसला गर्छ तर यो अग्रगामी कदम हो । यो कदमले प्रतिगमनलाई तत्काल रोक्न खोजिराखेको थियो । त्यो प्रतिगमनलाई यसले रोक्यो । भविश्यले निश्चित रुपमा यसलाई प्रमाणित गर्नेछ । यो कदम सही थियो । हामीलाई विश्वास छ अदालतले यो कदमको पक्षमा नै आफ्नो आदेश दिनेछ भन्नेमा हामी विश्वस्त छौं ।’
सरकारले चालेको कदम अदालतमा प्रवेश गरिसकेकोले यो कदम अग्रगामी हो वा होइन भन्ने कुरामा अदालतले फैसला दिने पनि गृहमन्त्री थापाले बताए। सरकारले चालेको कदमको पक्षमा अदालतले फैसला दिने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा नेकपा नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले जंगली महत्वाकांक्षा पुरा गर्न र पद प्राप्तीका लागि जुनसुकै कदम चाल्न पछि नहटने दुस्साहस गर्नेहरुको कारण अहिलेको स्थितिमा आइपुग्नु परेको बताए ।
पार्टी एकता गर्नु अघिदेखि नै भ्रुणहरुलाई लिएर बस्नेहरुको कारण नै फार्टी विभाजन हुन पुगेको बताए । अवसरवादको लागि अलिकति पनि लज्जाबोध नगर्ने चरित्रको नग्न उत्कर्ष पुष्पकमल दाहाल प्रचण्डमा देखिएको र कुण्ठै कुण्ठाको भारी बोकेर हलनचल भएको अवस्थामा पुग्नु भएको माधव नेपालको कारणले नै अहिलेको दुर्भाग्यको अवस्थामा आएको बताए।































प्रतिक्रिया