प्रचण्ड–नेपाल समुहद्वारा दोस्रोचरणको आन्दोलनको घोषणा

प्रचण्ड–नेपाल समुहद्वारा दोस्रोचरणको आन्दोलनको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रोचरणको आन्दोलनको घोषणा गरेको छ । शनिबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले दोस्रोचरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

नेकपाले पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । जसमा वडासम्म संघर्ष समिति निर्माण गर्नेदेखि राजधानीमा वृहत सभा गर्नसम्मका कार्यक्रम रहेका छन् । यसैगरि माघ २३ गते राजधानीमा बृहत् विरोध सभा गर्ने नेकपाले जनाएको छ ।

गत पुष ५ गते मन्त्रिपरिषद्को निर्णयसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको तल्लोसदन अर्थात् प्रतिनिधी सभा विघटन गरेसँगै नेकपा भित्रको प्रचण्ड नेपाल पक्ष त्यसको विरोधमा छ । पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु असंवैधानिक भएको भन्दै नेकपाको एक पक्षसहित विभिन्न दलहरू त्यसको विरोधमा उत्रिएका छन् । सोही अनुरुप नेकपा, प्रतिपक्षी दल कांग्रेस , जसपा लगायतले सरकारको असंवैधानिक कदम भन्दै त्यसको विरोधका लागि सडकमा प्रदर्शन गर्दै आएका छन् ।

Logo