स‌ंविधान स‌ंशाेधनका लागि सडकबाट दबाव दिने बाबुरामकाे उद्घोष

स‌ंविधान स‌ंशाेधनका लागि सडकबाट दबाव दिने बाबुरामकाे उद्घोष

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष  तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले संविधान संशोधनको मुद्धा सुरुबाट नै उठाएको बताएका छन् । उनले  अव सडकबाट दबाब दिएर भएपनि स‌ंविधान स‌ंशाेधन गराउने बताएका हुन् ।

समाजवादी पार्टीले आयाेजना गरेको पत्रकार सम्मेलनमा डा. भट्टराईले आफू पूर्व माओवादीमा हुँदादेखि नै संविधान संशोधनको पक्षमा रहेको बताएका हुन्। पहिचानमा आधारित संघियता, शासकीय स्वरुप, नागरिकताको विषय, महिलाहरूको विभेदका विषयहरू पार्टीकाे मुद्धा भएको उनले बताए, ‘‘संशोधनका लागि सरकारमा भएको समयमा सडकमा गएर दबाव दिन नमिल्ने अवस्थामा संसद र छलफलबाट कुरा अगाडि बढाउनुपर्छ भन्ने थियो अब उहाँहरूले नै बाटो खोल्नुभएको छ । अब सडकमा जान्छौँ’’, उनले भने।

प्रधानमन्त्रीले संविधान संशोधन गर्नुपर्छ भनेर हस्ताक्षर गर्ने तर सरकारका प्रवक्ताले संविधानको प्रश्नलाई कसैको सपना पुरा हुँदैन भन्दै जानु उपयुक्त नभएको बताए ‘‘जसले जे सपना देख्छ पुरा हुँदैन भनेर सरकारको प्रवक्ताले भन्छ । संविधान संशोधन कसैको सपना हो ? संविधान संशोधन गर्नुपर्छ भनेर पार्टी अध्यक्षले हस्ताक्षर गर्ने अहिले संविधानको प्रश्न भनेको सपना हो भन्न मिल्छ ।’’

सरकार निरंकुशतातर्फ जाँदै गरेको आरोप पनि भट्टराईले लगाए । सरकारले ल्याएका केही मानव अधिकार विधेयक र सञ्चार विधेयक, व्यक्तिका नीजि गोपनियतालाई समेत उलंघन गर्ने गरि गुप्तचर परिचलन गरी अधिकार दिनुले पनि सरकार निरंकुशतातर्फ गएको उनले बताए। सरकारी सम्पत्ति र राजदरबारबाट खोसेको सम्पत्ति कौडीको मूल्यमा दिएर सरकारले राष्ट्रघात गरेके उनको आरोप छ ।

Logo