काठमाडौं ।
संक्रमणकालीन न्याय सम्वन्धी दुई आयोग सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग नेतृत्वविहिन रहेकै समयमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक संयन्त्र गठनको प्रस्ताव अगाडी सारेका छन् ।
दाहालले सो संयन्त्रणमा सत्तारुढ र विपक्षी दुवै तर्फबाट सदस्य राख्ने प्रस्ताव गरेका छन् । दाहालले स्थायी समिती वैठकमा पेश गरेको राजनीतिक दस्तावेजमा दुवै आयोगलाई सहयोग गर्नका लागि राजनीतिक संयन्त्र आवश्यक भएको जिकिर गरेका हुन् ।
राजनीतिक स्थायित्वलाई सुदृढ गर्न शान्ति प्रक्रियाका वाँकी कामलाई निष्कर्षमा पुर्याउन आवश्यक छ । त्यसैले दुवै आयोगलाई सहयोग गर्नका लागि एक राजनीतिक संयन्त्र बनाउन आवश्यक छ , दाहालको राजनीतिक प्रतिवेदनमा भनिएको छ । तर यस अगाडी नै राजनीतिक दलको दवावका कारण दुवै आयोगले काम गर्न नसकेको सन्दर्भमा यस्तो संयन्त्रले झनै समस्या सिर्जना गर्ने विज्ञहरु बताउँछन् । दाहालले सो प्रस्ताव गरेपनि यो कति ठिक छ भन्ने विषयमा नेकपाको वैठकमा खासै छलफल भएको छैन् । तर सो प्रस्ताव पारित भएपनि सरकारले सो संयन्त्र गठनको लागि आवश्यक पहल गर्ने देखिन्छ ।
सत्य निरुपण र वेपत्ता आयोगमा झण्डै ६३ हजार भन्दा वढी उजुरीहरु परेका छन् । यस अगाडी विसं २०७१ सालमा गठन भएको आयोगले खासै काम भने गर्न सकेन । दुवै आयोगका पदाधिकारीहरुको समयावधी गत वर्ष नै सकिएपछि आयोग यतिवेला नेतृत्वविहिन छन् । तर राजनीतिक दलहरुको विचमा सहमति नहुँदा आयोग गठन हुन सकेको छैन । विशेषत आफू नजिकका व्यक्तिलाई नेतृत्वमा ल्याउन चाहँदा समस्या भएको हो । आयोगमा सिफारीस गर्नका लागि ओम प्रकाश मिश्रको नेतृत्वमा सिफारीस समिती गठन भएपनि अहिलेसम्म सिफारीस हुन सकेको छैन । उनी अहिले अमेरिका भ्रमणमा छन् ।





























प्रतिक्रिया