बुटवल ।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।
बुटवलमा मानवअधिकार तथा शान्ति समाज, रुपन्देहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विप्लवजी, परिस्थितिलाई बुझ्नोस् र शान्ति प्रक्रियामा आउनुस ।” उहाँले हिंसा अन्त्यका लागि नागरिकस्तरमा दबाब आवश्यक रहेको धारणा व्यक्त गर्दै सरकारले पनि दमनको नीति अख्तियार गर्न नहुनेमा जोड दिनुभयो ।
उहाँले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सफल बनाउनसमेत हिंसाको अन्त्य अनिवार्य भएको उल्लेख गर्नुभयो । पहाडीले आवधिक निर्वाचन महङ्गो र खर्चिलो भएका कारण मुलुकमा भ्रष्टाचार बढेको बताउनुभयो । समाजका अध्यक्ष डिपी खनाल, उपाध्यक्ष गोविन्द खनाललगायतले भ्रष्टाचार न्यूनीकरणका लागि सबैको दबाब आवश्यक भएकामा जोड दिनुभयो ।





























प्रतिक्रिया