राष्ट्रियसभाको निर्वाचन माघ ९ गते

राष्ट्रियसभाको निर्वाचन माघ ९ गते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २६ । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । सरकारकाे नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ ।

संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइससक्नुपर्ने व्यवस्थानुसार सरकारले माघ ९ गते चुनावकाे घोषणा गरेको हो ।

 

Skip This
Skip This
Logo