सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को सोमबार बोलाइएको सचिवालय बैठक प्रभावकारी बनाउन कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीका नेताहरूसँगको भेटघाट तिब्र पारेका छन् ।
अध्यक्ष प्रचण्डले सचिवालय बैठकको अघिल्लो दिन आइतबार विहान वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्कुल विभागका उपप्रमूख देवेन्द्र पौडेल लगायतका नेताहरूसँग सोमबार बस्ने सचिवालय बैठकका एजेण्डाबारे छलफल गरेका हुन् ।
प्रचण्डले सचिवालयको पहिलो बैठक अघिल्लो साता राखेका थिए । दोस्रो बैठक भोलि सोमबार बोलाईएको छ । सोमबारको बैठकको तयारीस्वरुप प्रचण्ड र मूख्य नेताहरूबीच छलफल भएको हो । साथै सदस्य चयन हुन बाँकी रहेका ३२ वटा विभागलाई पूर्णता दिनेबारे पनि प्रचण्डले नेताहरूसँग छलफल गरेका छन् ।
सचिवालय बैठकले लामो समयदेखि हुन नसकेको स्थायी समिति र केन्द्रिय समितिको बैठकको मिति तय गर्ने योजना छ । यस्तै सोमबारको सचिवालय बैठकमा विभागका प्रमूख र उपप्रमूखले सदस्यहरूको नामावली पेश गर्ने बुझिएको छ ।





























प्रतिक्रिया