यस वर्षको ‘मेलमिलाप दिवस’लाई कांग्रेसले राष्ट्रिय एकताको रुपमा मनाउने

यस वर्षको ‘मेलमिलाप दिवस’लाई कांग्रेसले राष्ट्रिय एकताको रुपमा मनाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले यस वर्षको राष्ट्रिय एकता मेलमिलाप दिवसलाई सरकारले गरेको गलत कदमलाई लिएर राष्ट्रिय एकताको रुपमा मनाउने भएको छ ।

बुधबार कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न यो वर्षको मेलमिलाप दिवस केन्द्रीत हुने बताए ।

कांग्रेसले २०३३ साल पुस १७ गतेदेखि हरेक वर्ष सोही दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ । यो वर्ष मेलमिलाप दिवसको कार्यक्रम ७७ वटै जिल्लामा मनाउने निर्णय कांग्रेसले गरेको छ ।

 

Logo