समाजवादी पार्टीले सरकारसँग वार्ता गर्ने, संयाेजकमा भट्टराई 

समाजवादी पार्टीले सरकारसँग वार्ता गर्ने, संयाेजकमा भट्टराई 

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। मन्त्रिपरिषद् पुनर्गठनमा असन्तुष्ट समाजवादी पार्टी नेपालले सरकारसँग वार्ता गर्ने भएकाे छ । समाजवादी पार्टीले चार सदस्यीय वार्ता टोली गठन समेत  गरेको छ ।

वार्ता टाेलीमा  संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्ममा गठित वार्ता समितिमा केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ छन् ।

प्रधानमन्त्री ओलीले समाजवादी पार्टीका अधयक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानुनमन्त्रीमा नियुक्त गरेका छन् भने एकमात्र राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवलाई पदमुक्त गरिएको छ ।  मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीसँग कुनै छलफल नगरेर अपमान गरेको निष्कर्ष सहित पार्टीले सरकारसँग वार्ता गर्न समिति गठन गरेको हो ।

 

 

Logo