उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

स्थानीय तहको रिक्त सदस्य पदका लागि मङ्सिर १४ गते शनिवार हुने उपनिर्वाचनका उम्मेदवारलाई आइतबार निर्वाचन चिह्न प्रदान गरिएको छ ।

स्थानीय तहका उम्मेदवारलाई शान्तिपूर्ण वातावरणमा निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूूर्यप्रसाद गौतमले जानकारी दिनुुभयो । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारबाट निर्वाचन प्रचार प्रसार शुरु भएको छ ।

स्थानीय तहको उपनिर्वाचनका लागि उपमहानगरपालिका प्रमुख १, गाउँपालिकाका अध्यक्ष ३, उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ सहित ४८ पदका लागि २७३ जनाकोे उम्मेदवारी कायम रहेको छ ।

निर्वाचन आयोगका अनुसार, धरान उपमहानगरपालिकाको प्रमुखका लागि २३, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षका लागि ८, मोहत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि २०, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षका लागि ७ जनाको उम्मेदवारी कायम भएको छ । यस्तै हुम्लाको खर्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भने ३ जनाको मात्र उम्मेदवारी परेको छ । स्थानीय तहका उम्मेदवारले चुनाव प्रचार प्रसारका लागि १० दिनको अवधि पाएका छन् ।

Skip This
Skip This
Logo