काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरिरहेको छ ।
पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले एकैदिन मुलुकभर सडक प्रदर्शन गरेको हो।
वर्तमान सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा सडक प्रदर्शन गर्न लागेको कांग्रेसले जनाएको छ ।
काठमाडौं उपत्यकामा दश क्षेत्रका विभिन्न १५ स्थानमा प्रदर्शन भएका छन् । काठमाडौंको विरोध प्रदर्शनलाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गरिरहेका छन् । सभापति शेरबहादुर देउवाले भक्तपुर, प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं क्षेत्र नं. २, सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौं ५ र नेता प्रकाशमान सिंहले काठमाडौं १ का कार्यक्रममा सम्बोधन गरेका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ पुगेका छन् । केन्द्रीय सदस्य गगन थापाले नेपालगञ्जको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। देशभर दिउसो १ बजेदेखि प्रदर्शन शुरू भएको कांग्रेसले जनाएको छ।































प्रतिक्रिया