महराको बयान सकियो, थुनछेक बहस आइतबार

महराको बयान सकियो, थुनछेक बहस आइतबार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
काठमाडौं जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको करणी सम्बन्धी मुद्धामा बयान सकिएको छ भने आइतबार थुनछेक बहस हुने भएको छ ।

जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलाशमा शुक्रबार महराको अदालती बयान सकिएको र आइतबार थुनछेक बहस हुने तय भएको हो । काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार हिजो ३ बजेसम्म कार्यलय समय भएपनि ५ः३० बजेसम्म बसेर बहस सकिएको र थुनछेक बहसका लागि समय नभएकाले आइतबार हुने जानकारी दिनुभयो ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणी सम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरेको थियो । महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

निर्वातमान सभामुख महरालाई पछिल्लो पटक कात्तिक सात गते थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरिएको थियो, जुन हिजो सकिएको थियो ।

संसद् सचिवालयका एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतमा बहस भएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने फैलला हुनेछ ।
रासस

Logo