नेकपाका दुई अध्यक्षवीच भेटवार्ता

नेकपाका दुई अध्यक्षवीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सोमबार झण्डै एक घण्टा उहाँहरुबीच ‘वान टु वान’ वार्ता भएको स्रोतले बताएको छ ।

दुई अध्यक्षबीचको भेटमा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली आइतबार बाकुबाट नेपाल फर्किएपछि अध्यक्षद्वयबीच सोमबार भेटवार्ता भएको हो ।

केही समय अघि ओली र प्रचण्डबीच दुरी बढेको भन्ने समाचार सार्वजनिक भएपछि उनीहरुबीचको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भएका थिए । तर बाकुबाट फर्कने क्रममा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफुहरुबीच दुरी नबढेको बरु झन बलियो बनेको दाबी गरेका थिए । त्यस्तै, अध्यक्ष प्रचण्डले पनि यसलाई हल्लाको संज्ञा दिएका थिए । तर पटक पटक विभिन्न कार्यक्रममा भने उनले सम्बन्धका विषयमा असन्तुष्टिले भरिएका अभिव्यक्तिहरु दिदैं आएका थिए ।

Skip This
Skip This
Logo