‘बल्खु र धुम्बाराहीमा आँखा लगाउन खोजे पेरिस डाँडामा आगो लगाइ दिन्छौँ’-महेश बस्नेत

‘बल्खु र धुम्बाराहीमा आँखा लगाउन खोजे पेरिस डाँडामा आगो लगाइ दिन्छौँ’-महेश बस्नेत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्माओली पक्षका नेता महेश बस्नेतले प्रचण्ड निकट (नेकपा) पार्टी कार्यालय पेरिस डाँडामा आगो लगाइ दिने धम्की दिएका छन् ।

शनिबार ललितपुर क्षेत्र नम्बर १ को ओली पक्षीय कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने , ‘हामी पेरिस डाँडाको पार्टी कार्यालयमा आँखा लगाउँदैनौं । प्रचण्ड पक्षले पनि बल्खु र धुम्बाराहीमा आँखा लगाउन खोजेमा युवाहरुले पेरिस डाँडाको पार्टी कार्यालयमा आगो लगाइदिन्छन् ।’

उनले माधव नेपाल र झलनाथ खनाललाई समेत बिभिन्न पदको लोभ देखाएर फसाइएको आरोप लगाएका छन् । बस्नेतले धुम्बाराही र बल्खुमा आफूहरुको अधिकार रहेकाले दाबी नगर्न चेतावनी पनि दिए । उनले सूर्य चिन्हमा पनि हक दाबी नगर्न भनेका छन् ।नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo