पुस १३ गते प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपील (विज्ञप्तिसहित)

पुस १३ गते प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपील (विज्ञप्तिसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना नेता कार्यकर्तालाई प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सरिक हुन अपील गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएको विरोधमा नेपाली कांग्रेसले पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ । यहि कार्यक्रममा सहभागी हुन देउवाले अपील गरेका हुन् ।

विज्ञप्ति यस्तो छ :

पुस ११, २०७७
संसद विघटनको असंवैधानिक कदम विरुद्ध
पुस १३ को प्रदर्शनमा सहभागी बन्न अपील

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुस १३ गते सोमबार नेपाली कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ । त्यसमा सक्रिय सहभागिताका लागि म सबैमा हार्दिक अपील गर्दछु ।

विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैंले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।

पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।
जय नेपाल
शेरबहादुर देउवा
सभापति

Logo