ठूलो परिमाणको हातहतियार तथा विस्फोटक पदार्थसहित प्रहरीले प्रतिवन्धित विप्लवका २१ कार्यकर्ता पक्राउ गरेको छ। उनीहरू गएराति २ बजेतिर दाङको राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ परेका हुन् ।
बैठकस्थल नै कब्जा गरेर प्रहरीले नेकपा महासचिव विप्लवका दाजु केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंंग’, राप्ती ब्युरो इन्चार्ज केशवबहादुर बाठा ‘सुवास’ र दाङ इन्चार्ज सबिन पोखरेलसहित २१ जना नेतालाई पक्राउ गरेको हो ।
दाङ प्रहरीका प्रवक्ता विनोदविक्रम शाहका अनुसार उनीहरुको साथबाट ठूलो परिमाणमा हातहतियार तथा विस्फोटक पदार्थ बरामद गरिएको छ । उनीहरुलाई सदरमुकाम ल्याइदैं गरेको र अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।





























प्रतिक्रिया