‘काम चलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेर निरङ्कुशताको बाटो समाए’ : कांग्रेस नेता गुरुङ

‘काम चलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेर निरङ्कुशताको बाटो समाए’ : कांग्रेस नेता गुरुङ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले काम चलाउ प्रधानमन्त्री भइसकेका केपी शर्मा ओलीले पूर्णरुपमा निरङ्कुशताको बाटो समाएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनले संबिधानको धारा ७७ (१) ग बमोजिम केपी ओली अब प्रधानमन्त्री पदबाट मुक्त भैसकेको र सोही धाराको उपधारा ३ बमोजिम उनी काम चलाउ प्रधानमन्त्री भएको बताएका हुन् । उनै काम चलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेर पूर्णरुपमा निरङ्कुशताको बाटो समाएको उनको टिप्पणी थियो ।

उनले लेखेका छन् :
संबिधानको धारा ७७ (१) ग बमोजिम केपी ओली प्रम पदबाट मुक्त भैसके । सोही धाराको उपधारा ३ बमोजिम उनी काम चलाउ प्रम हुन् । काम चलाउ प्र.म.ले मन्त्रिपरिषद विस्तार गरेर पूर्णरुपमा निरङ्कुशताको बाटो समाएका छन् । लोकतान्त्रिक संसदीय पद्धति नै धरापमा परिसक्यो । लोकतन्त्रवादीहरुको चेत खुलोस्।

Logo