केन्द्रबिन्दु बुलेटिन : सर्वोच्चद्वारा सरकारसँग प्रतिनिधिसभा विघटनको कारण माग (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : सर्वोच्चद्वारा सरकारसँग प्रतिनिधिसभा विघटनको कारण माग (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँचवटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका एक दर्जन रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग लिखित जवाफ माग गर्ने प्रस्ताव गरेको छ। शक्रबार १२ रिटमाथि एकसाथ सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलासले यस्तो प्रस्ताव गरेको हो ।

नेकपाको प्रचण्ड–नेपाल पक्ष शुक्रबार पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको छ । यस्तै उक्त समूहले आजै सरकारको असंवैधानिक र निरंकुश कदमका विरुद्ध भन्दै माइतीघरमा विरोध प्रदर्शन गरेको छ । यसैगरि सर्वोच्च अदालतले संसद विघटनको कदम असंवैधानिक भनि फैसला गर्नेमा विश्वस्त रहेको उल्लेख गरेको छ ।

नेकपा कित्ताकाटको असर केन्द्रसँगै प्रदेशमा सुरु भएको छ । यसकै असर स्वरुप बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्रीकै कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्ष निकाल्दै तीन मन्त्रीले राजीनामा दिँदै नेकपाकै ४५ जना सांसदको हस्ताक्षरसहित शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धनमा राष्ट्र बैंकले देशभरका तरकारी बजारमा अनलाइन पे प्रणाली अभियान सुरु गरेको छ । शुक्रबार काठमाडौंको नक्साल तरकारी बजारमा रहेका पसलहरुमा क्यूआर कोडबाट भुत्तानीको सुरुवात गर्दै राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले अब देशभरका तरकारी बजारमा अनलाइन पे अभियानलाई प्रोत्साहन गर्ने बताएका छन् ।

बेलायत र युरोपेली युनियनबीच बिहीबार नयाँ व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का सन्दर्भमा बेलायत र युरोपेली युनियन (इयू)बीच दश महिनादेखि जारी वार्ता सहमतिमा टुङ्गिएको हो । यो सँगै अब, नयाँ वर्षको आगमनसँगै बेलायत औपचारिक रुपमा इयूबाट अलग हुनेछ ।

Logo